d

रोनाल्डोको तेस्रो पटक कोरोना रिपोर्ट पोजेटिभ, बार्सिलोना विरुद्धको खेल नखेल्ने पक्का

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं : तेस्रो पटकको कोरोना रिपोर्ट पनि पोजेटिभ आएपछि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस महारथी बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको म्याच नखेल्ने पक्का भएको छ।

अक्टोबर १३ तारिखमा कोरोना पुष्टि भएदेखि उनी पोर्चुगलमा आइसोलेसनमा छन्। यसबीचमा तीन पटकसम्म गरिएको कोरोना (कोभिड-१९) परीक्षण रिपोर्ट पनि पोजेटिभ आएपछि मेसी र बार्सिलोनाविरुद्ध मैदानमा उत्रिने रोनाल्डोको चहाना पूरा नहुने भएको हो। 

रोनाल्डोबिना युभेन्ट्सल इटालियन सिरि ए मा पनि गतिलो प्रदर्शन गर्न सकेको छैन। यसले पछिल्लो पटक हेल्लास भेरोनासँग १-१ गोलको बराबरी खेलेको थियो। एएस रोमासँगको भिडन्तमा युभेन्ट्सले २-२ गोलको बराबरीमा खेल्दा रोनाल्डो मैदानमा थिए। 

Views: