d

नेकपा विप्लवका  कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कञ्चनपुर : प्रतिबन्धित नेकपा (विप्लव) समूह कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षका शंकर सिंह महरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए। बैतडी कटौजपानी गाँउपालिका–२ सिल्लेगढा घर भई महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरैया बस्दै आएका छन्।

विप्लव समूहद्वारा घटाइएका वारदातहरुमा संलग्न रही विभिन्न व्यक्तिहरुलाई चन्दा आतंक गरेको उजुरीका आधारमा महरालाई पक्राउ गरिएको डिएसपी थापाले बताए।   

उनका अनुसार महरा कृष्णपुर नगरपालिका–५ स्थित महाकाली गौरव बिल्डर्स प्रालिको क्रसर उद्योग कम्पाउन्डभित्र राखिएको जेसिभी कम्पनीको से२क ८५७ नम्बरको व्याकहो लोडरमा दुई वर्षअघि आगजनी गर्ने समूहसँग संलग्न भएको ,राजेन्द्र,मालिका, सिद्धनाथ जेभी द्वारा निर्माणाधिन बेकोट वुडर जोडने पुलस्थित निर्माण स्थलमा रहेको म१क ९५ नम्बरको जेसिभी मेसिन र निर्माणस्थल क्याम्पमा आगजानी गरेको र शुक्लाफाँटा नगरपालिका ४ असैना स्थित एनसेल टावर सञ्चालन हुने सामग्रीमा आगजनी गर्ने कार्यमा महराको संलग्नता भएकाले पक्राउ गरिएको छ। थाहा खबर मा खबर छ 

Views: