d

देश अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धा स्थल  बन्ने खतरा भयो : कमल थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको अहिलेको अवस्थाले अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेको बताएका छन् । 

 

सामाजिक सञ्जालमार्फत उनले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे समेतमा नै सबै सचेत हुनुपर्ने बताएका हुन् । 

 

उनले भारत र चीनसँगको सम्बन्धबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले अख्तियार गरेको रणनीतिको आलोचना पनि गरेका छन् । 

अध्यक्ष थापाले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको गलत नीतिको परिणामस्वरूप देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रतिस्पर्धा स्थल बन्दै जान थालेको जनाएका छन् । 

 

उनले नेपालका लागि भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता देशको अस्तित्वको आधार भएकोप्रति सबैको ध्यानाकर्षण गराएका छन् । नया पत्रिकामा खबर छ।  

Views: