d

आइपिएल:  किंग्स इलेभेन पञ्जाबमाथि राजस्थान रोयल्सको सात विकेटको सानदार जित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा  किंग्स इलेभेन पञ्जाबमाथि सात विकेटको सानदार जित निकालेको छ। राजस्थान उक्त जितसँगै अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्ले अफको सम्भावना कायमै राखेको छ। 

१८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो। राजस्थानका बेन स्टोक्सले २६ बलमा ६ चौका र तीन छक्कासहित ५० रन बनाए। कप्तान स्टिभ स्मिथ ३१ तथा जस बटलर २२ रनमा अविजित रहे। पञ्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८५ रन बनाएको थियो। जसमा क्रिस गेलले ६३ बलमा ६ चौका र आठ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए। केएल राहुललाई राहुल टेवाटियाबाट ४६ रन बनाए। राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले दुई दुई विकेट लिए।

जितसँगै राजस्थान १३ खेलमा सात मा हार र ६ मा जितसहित पाँचौ स्थानमा उक्लिएको छ। पञ्जाब १३ खेलमा सातमा हार र ६ मा जितसहित चौथो स्थानमा छ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने भएका छन्। पहिलो खेलमा अपराह्न पौने ४ बजे दिल्ली क्यापिटल्स र मुम्बई इनिडयन्स भिड्दा दोस्रो खेलमा राति पौने ८ बजे रोयल च्यालेन्जजर्स बैंग्लोर र सनराइजर्स हैदराबादबीच हुनेछ।
 

Views: