d

रहेनन् विश्वकप विजेता नोबी स्टिल्स ‘टुथलेस टाइगर’

Views:
Responsive Image Gallery
Responsive Image Gallery

‘टुथलेस टाइगर’ उपनाम पाएका विश्वकप विजेता इङल्यान्ड टोलीका सदस्य नोबी स्टिल्सको ७८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रोस्टेट क्यान्सर र अल्जाइमर्सबाट पीडित १९६६ को विश्वकप विजेता टोलीका सदस्य स्टिल्सको शुक्रबार निधन भएको हो।

‘टुथलेस टाइगर’ को उपनामले चिनिएका स्टिल्सले म्यानचेस्टर युनाइटेडका सहकर्मी बर्बी चाल्र्टन, ज्याक कान्ली र लिभरपुलका इयान कालाघनसँगै विश्वकप र युरोपियन कप जित्ने इङलिस खेलाडीको रुपमा नाम बनाएका थिए।

इङल्यान्डको टोलीबाट २८ क्याप जितेका डिफेन्सिभ मिडिफिल्डर स्टिल्सले विश्वकपको सेमीफाइनल खेलमा पोर्चुगलका इसिवियोलाई फितलो तुल्याउन महत्वपुर्ण भुमिका खेलेका  थिए। जसका कारण इङल्यान्ड फाइनल पुगेर पश्चिम जर्मनीलाई ४–२ ले हराउँदै पहिलो पटक विश्वकपको उपाधि चुम्यो। उपाधिपछि पोस्ट म्याच उत्सबमा स्टिल्सले वेम्बली पिचमा नृत्य प्रस्तुत गरेका थिए। जसमा एक हातमा विश्वकप ट्रफी  थियो र अर्को हातमा नक्कली दाँत। यस सम्बन्धि बिस्तृत समाचार  नमिन ढकाले थाहा खबर मा लेखेका छन्।  

Views: