d

आईपीएल : मुम्बईसँग दिल्ली ९ विकेटले पराजित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
यूएई : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि ९ विकेटको जित दर्ता गरेको छ। 
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १११ रनको लक्ष्य मुम्बईले १४ ओभरमै भेटेको हो। दिल्लीले दिएको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेट्यो। 
मुम्बईको जितमा इशान किशनले ४७ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७२ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका क्विन्टन डी ककले २६ रन बनाउँदा सूर्यकुमार यादव १२ रनमा अविजि रहे। 
दिल्लीका एनरिच नोर्टजेले एक विकेट हात पारे।
दिल्लीले खराब ब्याटिङ गरेको थियो। उसले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। 
दिल्लीका कप्तान श्रेयस एयरले सर्वाधिक २५, ऋषब पन्त २१, रविचन्द्र आश्विन र काशिगो रबडाले १२/१२, शिम्रन हिटमायर ११, पृथ्वी शा १०, प्रविन डुमेले ७ रन जोड्दा शिखर धवन शून्य रनमा आउट भए। 
मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले ३/३, राहुल चाहर र नाथन कल्टरले १र१ विकेट लिए।
जितसँगै मुम्बईले शीर्ष दुईमा स्थान पक्का गर्दै क्वालिफायरमा प्रवेश गरेको छ। शीर्ष स्थानमा यथावत रहेको उसले १३ खेलमा १८ अंक जोडेको छ।
शीर्ष स्थानका दुई टिमले क्वालिफायर खेल्नेछन्। क्वालिफायर विजेता सिधै फाइनल पुग्नेछ। शनिबारको खेलमा पराजित भएको नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली प्लेअफ यात्राका लागि अर्को खेल जित्नैपर्ने दबाबमा परेको छ। तेस्रो स्थानमा रहेको दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ। 
आईपीएल अन्तर्गत शनिबारको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइज हैदरावाद बीचको खेल भइरहेको छ। अन्नपुर्ण पोस्ट  बाट 
Views: