d

प्रचण्डलाइ खाना रुच्न  छोडेकै हो त ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक किचलो चरम उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय निकै तनावमा देखिएका छन् ।
प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा दुवै पद नछाड्ने चट्टानी अडान लिएपछि प्रचण्डको दौडधुप निकै बढेको हो ।
घरि प्रधानमन्त्री केपी शर्मा ओली त, घरि माधव नेतालसँग वार्तामा जुटेका प्रचण्ड थकित बनेका छन्। पछिल्लो समय नेकपा फुटको संघारमा पुगेको छ। पार्टीलाई फुटबाट जोगाउँन प्रचण्ड सक्रिय बनेपनि प्रधानमन्त्री ओली र अर्का नेता नेपाल मिल्न सकिरहेका छैनन्।
विहानदेखि रातिसम्म भेटघाटमै कुदिरहेका प्रचण्डलाई पार्टी तनाबले खाना समेत नरुचेको उनी निकट एक नेताले बताए। “उहाँलाई पार्टीको बढी चिन्ता छ, कतै फुटि पो हाल्छ कि भनेर – खाना रुच्ने कुरै भएन” – ती नेताले भने ।
Views: