d

 भीम रावलले भने: कसैले फुटको बाटाे समाते देश र नागरिकप्रति गद्दारी हुनेछ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीकाे बैठक तुरुन्त बाेलाउन माग गर्नुभएकाे छ । 

नेकपा फुटकाे सङ्घारमा रहेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । आइतबार भएकाे भेटमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेकाे प्रचण्डले बताउनुभएकाे थियाे । 

नेता रावलले ट्वीट गर्दै लेख्नुभएकाे छ, 'विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हाे । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।'

Views: