d

प्रदेश १ मा एकै दिन  २ सय ४७ जना संक्रमित कोरोनामुक्त 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 प्रदेश १ मा आज २ सय ४७ जना संक्रमित कोरोनामुक्त भएका छन्। होम आइसोलेसनबाट १ सय ९७, होटल एसियाटिक आइसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन्। 
त्यस्तै झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५ र विराट मेडिकल कलेजबाट १ जना पनि डिस्चार्ज भएका छन्। 
हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेशभरि ११ हजार ९८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसैगरी आज एकै दिन प्रदेशमा ३ सय ५७ जना कोरोना संक्रमित थपिएका पनि छन्।
मन्त्रालयका अनुसार  मोरङमा १ सय ८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना संक्रमित थपिएका हुन्। 
मन्त्रालयका अनुसार विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५३२ पुगेको छ।
आज एकै दिन प्रदेश नं १ मा  १ हजार ३ सय ९१ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ३६ महिला र २ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
हालसम्म प्रदेशभर १ लाख ६१ हजार १ सय ४२ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
Views: