d

२०२० आइ पी एल बाट बाहिरियो पन्जाब

Views:
Responsive Image Gallery
Responsive Image Gallery
जारी आइपिएलमा किंग्स इलभेन पन्जाबको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ। योसँगै अब पन्जाब यो पटकको आइपिएलको दौडबाट नै बाहिरिएको छ। 
शेख जायद स्टेडियम दुबईमा आइतबार साँझ सम्पन्न खेलमा पन्जालाई चेन्नई सुपर किंग्सले ९ विकेटले हराएको हो। चेन्नईले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको पन्जाबले पूरा ओभर खेल्दै १ सय ५६ रन बनाएको थियो। त्यस क्रममा ६ विकेट गुमाएको थियो।
लगातार पाँच खेलमा जित निकाल्दै सनसनीपूर्ण खेल पस्केको पन्जाब प्लेअफमा आइपुग्ने दुई खेलमा भने लगातार हार्न पुग्यो। पन्जाबले यसअघि राजस्थानसँग ७ विकेटले हारेको थियो। 
आज पन्जाबका दीपक हुडाले नटआउट ६२ रन बनाए पनि अरुले ब्याटसम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। केएल राहुल २९ र मयंक अग्रवालले २६ रन जोडे पनि अन्यले गतिलो पदर्शन देखाएनन्। 
अघिल्लो खेलमा हार बाबजुत ९९ रन बनाएर टी–२० करिअरमै १ हजार रनको दुर्लभ कीर्तिमानी बनाएका क्रिस गेल पनि आज सस्तैमा  आउट भए। गेलले १९ बलमा केवल १२ रन मात्र जोडे। 
चेन्नईइका लुंगी निडीले आज ३ पन्जाबको तीन विकेट लिन सफल भए। त्यस्तै रवीन्द्र जडेजा, इमरान ताहिर र शार्दुल ठाकुरले २ विकेट लिए। 
प्लेअफको दाैडबाट बाहिरिसकेको चेन्नईले भने पन्जाबको लक्ष्य केवल १ विकेट गुमाएर भेट्टायो। उसका लागि रितुराज गोइकवाडले अविजित ६२ रनको योगदान दिए। त्यस्तै आउट हुनुअघि फाप डुप्लेसीले ३४ बलमा ४८ रन बनाए भने अम्बाती रायडुले ३० बलमा ३० रन जोड्न सके। 
पन्जाबका क्रिस जोर्डनले मात्र एक विकेट लिन सके। थाहा खबर बाट 
Views: