d

प्रचण्डको प्रस्ताब बादलले अस्विकार गरे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपाको संस्थापन पक्ष विरुद्धमा संसदमा अविश्वासको मत लिएर जाने तयारीलाई गृहमन्त्री रामबहादुर थापा बादलले अस्वीकार गरेका छन्। आइतवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको एउटा बैठकमा गृहमन्त्रीसमेत रहेका बादलले पार्टी विभाजनका लागि गरिने कुनै पनि प्रयासमा आफ्नो असहमति रहने धारणा राखेका हुन्। 

कार्यकारी अध्यक्ष दाहालले फोन गरेर बोलाएपछि बादल आइतवार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए। उनी प्रचण्ड निवास पुग्दा पहिले नै नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ बसिरहेका थिए। प्रचण्डले केही कामका लागि भनेर बोलाएपछि त्यहाँ पुगेका उनी अन्य नेताहरुलाई पनि देखेपछि अलमलमा परेका थिए। पुरा खबर थाहा खबर मा हेर्नुहोला 

Views: