d

कोरोना परीक्षण र उपचारको खर्च असुल्न पाउनुपर्ने माग गर्दै सरकारले गुहार्यो सर्वोच्च

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै - कोरोना परीक्षण गर्दा शुल्क असुल्नुपर्ने माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवेदन दर्ता गराएको छ ।

कोरोना परीक्षण नि:शुल्क गर्न भनेर दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकन निवेदन दिएका हुन्।  
मन्त्रालयले राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने र कोरोना सङ्क्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको समेत दाबी गरेको छ । यसअघि सर्वोच्चले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस सङ्क्रमण परीक्षण नि:शुल्क गर्न परमादेश जारी गरेको थियो । 
 
Views: