d

आज २०७७ कार्तिक १८ गते मंगलबार श्री गणेश भगवान को दर्शन गर्दै आजको राशिफल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज २०७७ कार्तिक १८ गते मंगलबार श्री गणेश भगवान को दर्शन गर्दै आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही धन खर्चभने अवस्य हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । विद्यामा सफल भाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागीपनि भइएला ।

 कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीको यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामानपनि हराउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
 
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ । 
 मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखकालागि धन खर्च हुनसक्छ ।

राशिफल जे जस्तो रहेपनि तपाइको आजको दिन् शुभ रहोस्
 

Views: