d

अस्पतालले उपचार गर्न अस्वीकार गर्दा कोरोना भाइरस संक्रमित महिला द्वारा आत्महत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर : अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका-१० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छन्। 

मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन्। स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। 

गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी थिइन्। अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो। परिवारका अनुसार रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गराउन पैसा लाग्ने अस्पतालले बतायो। 

पैसा तिर्न नसक्दा अस्पतालले उपचार गर्न नमानेपछि उनलाई कात्तिक ९ गते घर लगिएको परिवारले जनाएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर रहेकी महिलाले भोलिपल्ट अर्थात कात्तिक १० गते झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष टंक ढकालले जानकारी दिए। घटना भएको दिन दसैंको टीका थियो। 

उनका अनुसार विराटनगरमा अस्पतालले उपचार गर्न नमानेपछि घर ल्याइएकी महिलाले घर नजिकैको गोठमा पासो लगाएर आत्महत्या गरेकी हुन्। बिस्तृत खबर अन्नपुर्ण पोस्टमा किसोर बुढाथोकीले लेखेका छन्। 

Views: