d

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदै, बाइडेन अगाडी आउने अनुमान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदैछ । अन्तिम चरणमा रहेको मतदानमा पनि लाखौँ अमेरीकी मतदाताले मतदान गरिरहेका छन् । अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने जनाएको छ ।


कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका र ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

चुनावअघि भएका सर्वेक्षणले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि प्रारम्भिक नतिजा आउन अझै केही समय लाग्ने देखिएको खबरमा उल्लेख छ । 

Views: