d

भारतीय सेना प्रमुख आउनुअघि काठमाडौंमा सुरक्षा सतर्कता उच्च बनाइदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्  । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।

रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको जनाइएको छ।  

तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरभानेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्नेछन् । साथै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्ने जनाएइको छ।  
 

Views: