d

बंगालदेशसंग हुने मत्रिपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बंगालदेशसंगको २ मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा

 गोलरक्षक किरण चेम्जोङको कप्तानीमा बंगालदेशसंगको २ मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

बिहीबार ढाका जाने खेलाडीसहित ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले बिदाइ गरेका थिए।  

टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन्। विदाइ गर्दै सदस्य सचिव सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरणलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरे।

प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये रोहित चन्द र कोरोना संक्रमण देखिएका ७ जना खेलाडी बाहेकलाई टोलीमा राखिएको हो। प्रशिक्षण दौरान रोहितले चोट बोकेपछि राष्ट्रिय टोलीबाट बाहिरिएका हुन्।

नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। 

मुख्य प्रशिक्षक योहान कालिन कोरोनाका कारण स्विडेनबाट नेपाल आउन नपाएपछि बालगोपाल महर्जनले प्रशिक्षण दिएका थिए। प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन्।

को को छन् टिममा?

किरण चेम्जोङ (कप्तान) अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन्।

Views: