d

नेपाल वायु सेवा निगमले अनलाइन टिकेटिङ सेवा सुरु गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डाै – नेपाल वायु सेवा निगमले अनलाइन टिकेटिङ सेवा सुरु गर्ने भएको छ ।
सूचना प्रविधिको अहिलेको समयमा पनि अनलाइन टिकेटिङ सुरु नगरेको भन्दै आलोचना खेपिरहेको निगमले यसै आर्थिक वर्षभित्र अनलाइन टिकेटिङ सुरु गर्ने तयारी गरेको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अहिले निगमले झण्डै ३० वर्ष पुरानो प्रणालीमार्फत काम गरिरहेकाले अनलाइन टिकेटिङ सुरु गर्न गाह्रो भएको तर अब बिस्तारै पुरानो प्रणाली विस्थापन गरिने बताएका छन् ।
महाप्रबन्धक पौडेलले नया प्रबिधि जडान गर्न लगिएको जानकारी गराएका छन्।   नयाँ ‘सफ्टवेयर’मा अनलाइन ‘टिकेटिङ’, मोबाइल एप, मोबाइल पेमेन्ट, ई–कमर्सलगायतका सयौँ नयाँ फिचरहरु थपिने जनाइएको छ l
Views: