d

वेस्ट इण्डिजका ब्याट्सम्यान स्यामुअल्सले लिए सबै खाले क्रिकेट खेल बाट सन्यास 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – वेस्ट इण्डिज क्रिकेट टिमका चर्चित ब्याट्सम्यान मार्लाेन स्यामुअल्सले सबै खालका क्रिकेट खेलबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।  

स्यामुअल्सले वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम खेल सन् २०१८ मा बङ्ग्लादेशविरुद्ध खेलेका थिए । वेस्ट इण्डिजले दुई पटक टी–२० विश्व कपको उपाधि जितेको छ र स्यामुअल्सले दुवै फाइनल खेलमा सबैभन्दा धेरै रन बनाएका थिए ।  

ईएसपीएन क्रिकइन्फोको रिपोर्टअनुसार मार्लाेन स्यामुअल्सले यस वर्षको जुन महिनामा नै सन्न्यासको बारेमा बताएका थिए ।  

स्यामुअल्सले सन् २०१२ को टी–२० वर्ल्ड कप फाइनलमा विस्फोटका पारी खेलेका थिए । उनले ५६ बलमा तीन चौका र ६ छक्काको मद्दतमा ७८ रन बनाएका थिए । साथै उनले सन् २०१६ को टी–२० वर्ल्ड कप फाइनलमा पनि ६६ बलमा ८५ रन बनाएका थिए । 

उनले सबै फर्म्याटमा आफ्नो करिअरमा ११ हजार एक सय ३४ रन बनाउँदा १७ शतक पनि जोडेका छन् । साथै उनले एक सय ५२ विकेट पनि लिएका छन् ।  

Views: