d

दश लाख रुपैयाँ घुस रकम सहित प्राधिकरणका इन्जिनियरलाई पक्राउ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मकवानपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडामा रहेकाे कार्यालयले दश लाख रुपैयाँ घुस रकमसहित प्राधिकरणका इन्जिनियरलाई पक्राउ गरेको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवाैँ तहका इन्जिनियर ईश्वरीप्रसाद जयसवाललाई पक्राउ गरेको हो ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलमा ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा जैसवालले दश लाख रुपैयाँ घुस रकम मागेका थिए । त्यही घुस रकम दिँदा दिँदै उनलाई पक्राउ गरिएको हो । पक्राउपछि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटाैँडा कार्यालयले जनाएको छ । 

Views: