d

चिनी मिललाई कारबाही गर्दा लगानी नभित्रिने डर 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिँदैन भन्ने डरले चिनी मिलहरुलाइ  कारबाही नगरिएको खुलासा गरेका छन्।  

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी नदिएको सम्बन्धमा छलफल गर्न उपस्थित भएका मन्त्री भट्टले कोभिड–१९ को समयमा उद्योगीहरुलाई कारबाही गरी हतोत्साही पार्न नसकिएको बताएका हुन्।  

चिनी उद्योगलाई बचाउने वा रुग्ण घोषित गरी असुल उपर गर्ने दुई विकल्प मात्रै भए पनि किसान तथा श्रमिकलाई भुक्तानी नदिने उद्योगीहरुलाई अहिलेको अवस्थामा हतोत्साही गर्ने गरी कारबाही गर्न नहुने मंत्री भट्टको भनाइ छ।  

मन्त्रालयले चिनी उद्योगहरुलाई बचाउने गरी वस्तुवादी वैज्ञानिक निकास दिन निरन्तर छलफल गरिरहेको पनि मन्त्री भट्टले बताए।

कोभिड महामारीको समयमा त्यसै पनि उद्योगी व्यवसायीहरु मारमा परेको अवस्थामा कुनै पनि उद्योगलाई कारबाही गर्दा नराम्रो सन्देश जाने भएकाले तत्काल कारबाही गर्न उचित नहुने उनको भनाइ छ।   तर चिनी मिलहरुले उखु किसानलाई भुक्तानी दिन नसकेको समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिइ समाधानका लागि उद्योगीहरुसँग निरन्तर छलफल गरिराखेको पनि बताइएको छ ।  
 

Views: