d

आईपीएल : दिल्ली ५७ रनले पराजित, मुम्बई फाइनलमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठ्माण्डौ: इन्डियन  प्रिमियर लिग (आईपीएल) को  बिहीबार राति सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा  टस जितेर मुम्बईलाई ब्याटिङको निम्ता दिएको दिल्ली विरुद्द पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन जोडेको थियो। २०१ रनको उच्च लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ८ को क्षतिमा मात्र १४३ रनमा समेटियो।

दिल्लीका अघिल्ला तिन ब्याट्समेन कुनै रन नबनाई शून्य रनमै आउट भए। पाँचौँ नम्बरमा आएका मार्कस स्टोनिसले ६५ रन जोडे भने अक्सर पटेलले ४२ रन बनाए। त्यस्तै कगिसो रबाडाले नटआउट १५ र कप्तान श्रेयस अयरले १२ रन जोडे।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जसप्रित बुम्राहले ४ विकेट लिए। किफायती बलिङ गरेका उनले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चिए। त्यस्तै ट्रेन्ट बोल्टले पनि २ ओभरमा १ मेडन राखेर ९ रन खर्चिदै २ विकेट लिए। त्यस्तै किएरोन पोलार्ड र क्रुनल पान्ड्याको नाममा १÷१ विकेट रह्यो।

जितसँगै साविक विजेतासमेत रहेको मुम्बईले दोस्रो क्वालिफायरबाट आउने विजेतासँग फाइनलमा भिड्नेछ। 

हार व्यहोरे पनि दिल्लीले फाइनलका लागि आइतबार दोस्रो क्वालिफायर खेल्नेछ। क्वालिफायरका लागि आज इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्दैछन्।

Views: