d

खुशीको खबर, साउदी सरकारले ल्यायो कम्पनि परिवर्तन गर्ने सकिने कानुन, के छ प्रक्रिया ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाण्डौ – साउदी सरकारले आफ्नो श्रम कानुनमा व्यापक सुधार गरेको छ।  नया कानुन अनुसार  विदेशी श्रमिकले रोजगारदाताको अनुमति नभए पनि  काम परिवर्तन गर्न सकिने नया व्यवस्था  गरेको छ । 
आउँदो वर्ष सन् २०२१ को मार्च १४ देखि लागू हुने बताइएको नया कानुन आए पछि विदेशी श्रमिकको लागि सुखद स्थिति देखिएको छ । 

 कानुन  कार्यान्वयनमा आएपछि नेपालीसहित विदेशी श्रमिकले साउदीमा काम परिवर्तन गर्न पाउने छन् । यद्धपि केहि सर्तहरु भएन पालना गर्नु हुन्छ ।  
आफूले काम गरिरहेको कम्पनीमा अवस्था सामान्य भएमा एक वर्षसम्म कम्पनीमा काम गर्नुपर्छ । सामान्य अवस्था हुँदाहुँदै एक वर्ष अघि नै काम परिवर्तन गर्न पाइँदैन ।
यो नयाँ नियमले विदेशी श्रमिकलाई काम गरिरहेको कम्पनीले प्रमाणीत रोजगार करार नदिएको अवस्थामा अर्को कम्पनीमा काम गर्न जान सक्ने भनेको छ । रोजगारदाताले श्रमिक काममा लगाएको तीन महिनाभित्र उनीहरुको रोजगार करारपत्र प्रमाणीकरण गरिसकेको हुनुपर्छ ।
श्रमिकले तीन महिनासम्म लगातार काम गरेको तलब नपाएमा, रोजगारदाताको उपस्थिति नभएमा, रोजगारदता जेल परेमा, मृत्यु भएमा वा रोजगारदाताले साउदीको आवासीय परिचयपत्र अकामा नबनाइदिएमा वा नवीकरण नगरिदिएमा कम्पनी परिवर्तन गर्न पाइनेछ ।
र श्रमिक यदि मानवतस्करीमा परेको छ भने पनि कम्पनी परिवर्तन गर्न सकिनेछ । तर यदि श्रमिक र रोजगारदाताबीच कुनै विवाद भएर कानुनी प्रक्रिया अघि बढाइएको छ भने त्यस्ता श्रमिकले काम परिवर्तन गर्दा समस्या आउन सक्छ । साउदी अरेवियामा नेपाल लगायत 
भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका, फिलिपिन्स आदी देशका नागरिकहरु रोजगारीको लागि जाने गरेका छन।  
Views: