d

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षलाई राष्ट्रपतिको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्। 
राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन्। 
परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेट
प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’
भारतीय विदेश सचिवसँग कांग्रेस नेताको भेट : देउवाले भने- दुई देशको उच्च राजनीतिक संवाद आवश्यक छ
भारतीय विदेश सचिव विमानस्थलदेखि बालुवाटारसम्म (फोटो फिचर)
राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए।
राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका छन्। 
दुई दिने भ्रमणका लागि आएका भारतीय विदेशसचिव शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम रहेको छ। उनी आजै स्वदेश फर्किने छन्। अन्नपुर्ण पोस्टमा खबर छ।  
 
Views: