d

भारतीय विदेशसचिवको नेपाली समकक्षीसँग भेटवार्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : नेपाल सरकारका परराष्ट्र सचिव भरत पौडेल र भारतीय समकक्षी हर्षवर्धन श्रींगलाबीच बिहीबार छलफल सम्पन्न भएको छ ।
दुई देशबीचको व्यापार, ट्रान्जिट, कनेक्टिभिटी, संरचना निर्माण, उर्जा, कृषि, लगानी, संस्कृति र जनस्तरको सम्बन्ध लगायत विषयमा उनीहरुले समीक्षा गरेको बताइएको छ । साथै उनीहरुले दुई देशबीचको सांस्कृतिक र सभ्यतामा आधारित सम्बन्धबारे पनि छलफल गरेका थिए । र त्यसलाई अझ मजबुत बनाउन बहुपक्षीय मैत्रीपूर्ण सम्बन्धको ठोस आधार तय गर्नुपर्नेबारे उनीहरुको छलफल केन्द्रित थियो ।
श्रींगला र पौडेलबीचको वार्तापछि नेपाल सरकारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । वार्ताको क्रममा उनीहरुले प्रमुख कनेक्टिभिट प्रोजेक्ट र भूकम्पपछिको पुनर्निर्माणका काम सहित दुई पक्षीय साझेदारीमा आधारित कामको प्रगतिबारे पनि समीक्षा गरिएको थियो ।
यस्तै दुई देशबीचको सीमाको मुद्दामा पनि उनीहरुको छलफल भएको विज्ञप्तिमा उल्लेख छ । जहाँ सिमानाको बाँकी काम पूरा गर्नेबारे दुबै अधिकारीले धारणा राखेका थिए । भारतीय विदेश सचिव श्रींगलाले नेपालको दुई दिने भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहित उच्च अधिकारीहरुसँग भेट गरेका छन् ।
उनी बिहीबार बिहान मात्रै काठमाडौँ अवतरण गरेका हुन् । र शुक्रबार नयाँदिल्ली फर्कने कार्यक्रम छ । नेपालीभाषी समेत रहेका श्रींगलाको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार्ने अपेक्षा गरिएको छ । अन्नापुरण पोस्ट मा खबर छ।  
Views: