d

भारतीय विदेश सचिव स्वदेश फर्किए, सिमा विवाद बारे कुरै भएन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौँ : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी शुक्रबार साँझ दिल्ली फर्किएका छन्। 
भ्रमणको पहिलो दिन भारतीय विदेश सचिव श्रृंगलाले नेपालका समकक्षी भरतराज पौड्याललाई भेट गरे । सोही क्रममा विदेश सचिव श्रृंगलाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरे ।
भेटवार्ताहरु सौहार्दपूर्ण र सकरात्मक वातावरणमा सम्पन्न भएको बताइएको छ । काठमाडौँस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै श्रृंगलाको नेपाल भ्रमण सफल भएको जनाएको छ । अन्नपुर्ण पोस्ट मा खबर छ।  
Views: