d

राप्रपाको आयोजनामा मंसिर २० गते झापामा बृहत मोटरसाइकल र्याल्ली गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राजसंस्था पुनर्स्थापना, जनजिविकाको ग्यारेन्टी तथा अनियंत्रित रूपमा भ्रष्टाचार बढेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा वृहत मोटरसाइकल र्याल्लीको आयोजना गर्ने भएको छ । विर्तामोड स्थित पार्टी सभाहलमा  प्रजातान्त्रिक युवक संगठनको आयोजनामा भएको भेलाबाट आगामी मङ्सिर २० गते र्याल्ली आयोजना गर्ने निर्णय गरिएको हो । भेलाले युवा नेता ध्रुव उप्रेतीको संयोजकत्वमामा १००१ सदस्यीय र्याल्ली व्यवस्थापन मुल समितिको समेत घोषणा गरेको छ । र्याल्ली आयोजना गरिएको बारे जानकारी गराउदै युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राईले पार्टीका सबै तहका समिति तथा पार्टी निकट वर्गीय संगठनबाट प्रतिनिधित्व हुनेगरी व्यवस्थापन समिति निर्माण गरिएको बताए ।
 'राजसंस्था र हिन्दुधर्ममा आस्था राख्ने सबैको सहभागिता हुनेगरी बृहत र्याल्लीको आयोजना गरिएको छ, विभिन्न स्वतन्त्र संघ संगठनहरुलाइ समेत र्याल्लीमा सहभागी गराउदै करिब १० हजारको उपस्थिति रहने विश्वासका लिएका छौँ', अध्यक्ष राईले बताए । उक्त अवसरमा पार्टीका झापा जिल्ला अध्यक्ष अम्बर विष्ट, केन्द्रिय सचिवालय सदस्य भक्ती सिटौला, मिडिया नेपाल केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य गोपाल पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै र्याल्लीको पुर्ण सफलताको कामना गरेका थिए । हिन्दु धर्म , राजसंस्था नै अहिलेको सर्वोत्तम एजेन्डा भएको भन्दै वक्ताहरूले गणतान्त्रिक पद्धतिले चौतर्फी निरासाजनक अवस्था निम्त्याएको जिकिर गरेका थिए ।
झापाका सबै स्थानीय तहबाट प्रतिनिधित्व गराउदै सुरुवात गरिने र्याल्लीको मुख्य केन्द्र  काकर्भिट्टा हुने तथा  बिर्तामोडमा पुगेर छोटो कोण सभामा गर्दै अगाडी बढ्ने आयोजक समितिले जनाएको छ ।  
Views: