d

मानवीय सहयोगमा पत्रकार देखि सामाजिक अभियान्ता सम्म, सडक मानवलाई खाद्यान्न र लत्ताकपडा वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

खगेन्द्र खरो
झापा, मङ्सिर १५:  झापाका सडकमा अहिले ५० बढी सडक मानव बस्दै आएका छन । उनीहरुको रात कहिले  सडक पेटीमा बित्छ त कहिले खुल्ला आकाश मुनि ।
बिगत ९ महिना अघि लकडाउन सुरु भयो । चैत्र ११ गते बाट लकडाउन सुरु भएपछि झापाका संचारकर्मी खगेन्द्र घिमिरे र सचिन न्यौपाने, अभियन्ता नरेश मोहरा  लगायत उनीहरुको लागि पहिलो चरणमा खाद्यन्न बितरणमा जुटेका थिए । त्यो अभियानमा सत्य साइ सेवा केन्द्रले दैनिक जसो १ सय दिन सम्म एक छाक खाना,लत्ताकपडा बितरण गरेको थियो ।
यो अभियानमा सुरुका दिनमा देश बिदेशबाट बिपन्नका लागि राहत स्वरुप सहयोग प्रदान भएको थियो । यो बितरणमा प्रत्यक्ष रुपमा नरेश मोहरा,सचिन न्यौपाने,खगेन्द्र घिमिरे,भोले बाबा गरिब बिपन्नका लागि घर आगनमा पुगेका थिए ।
सडकमा रहेका सडक मानवको अवस्था देखेर हाम्रो अभियान समूहले सडकका महिला मानवको उद्धारमा द्धोस्रो चरणमा कार्यक्रम अघि बढाएको थियो । प्रदेश १ की राज्यमन्त्री जसमाया गजमेर सँगको सहकार्यमा मानव सेवा आश्रम बिराटनगरमा झापाका १६ जना आमाहरुको उद्धार गरिएको थियो । सो मध्ये १ जनाको निधन भएको छ ।
यसरी झामा सडक मानवको क्षेत्रमा काम गर्दै आएको हाम्रो अभियानले नया सकृया अभियानता सहित तेस्रो चरणमा झापाका सडक पेटिमा बस्ने असहाय मानवका लागि न्यानो कपडा वितरण गरेको छ
सबैका लागी खाना, नाना र छाना १ भन्नेमुल नाराका साथ हाम्रो अभियान ले काँकरभिट्टा बाट यो अभियान सुरु गरेको हो । पूर्वी नाका बाट उर्लाबारी सम्मका सडक आस्रित असहायको लागि ओडने,ओछ्याउने,ज्याकेट,जुत्ता, टोपि, न्यानो कपडाहरु बितरण गरिएको छ । झापाका सडकमा बस्ने मानवका लागि लगडाउनको समयमा राहत बितरण देखि खाना बितरणमा सकृय हाम्रो अभियानले अहिले न्यानो कपडा बितरण गरेको हो ।
सडकमा बस्नेहरु कतिलाई आफू नम्मेको हुर्केको ठेगानानै थाहाँ छैन, कतिको नागरिकता छैन कति पुलमुनि बसेका छन । मानवीय नाताले मनकारीहरुले कहिलेकाही उपलब्ध गराउने सामान्य खाने र लाउने कुरा मा उनीहरु रमाउने गरेका छन ।
सडकका पेटिमा भेटिएका सडक मानवले जाडोमा न्यानो कपडा पाएपछि खुसीको आशुँ झारेका थिए ।
झापाको काकँरभिट्टा ,धुलाबारी ,चारआली, बिर्तामोड ,सुरुङ्गा, दमक,उलाबारीका सडकमा बस्ने ५० भन्दा धेरै मानिसलाई न्यानो एक जोर कपडा ,ब्लाङ्केट,म्याट,टोपि बितरण गरिएको हो ।
अभियानमाा हाम्रो अभियानका अभियानता नरेश मोहरा, लामो समय देखि झापामा सरसफाइ देखि आपत बिपतका क्षेत्रमा सहयोगि अभियान चलाउँदै आएका बिष्णु आचार्य, संचारकर्मी तथा हाम्रो अभियानका अभिनता खगेन्द्र घिमिरे, अभियानता भरत यादव, सन्दिप प्रसाईं, सन्दिप गिरी, बिज्ञानराज पौडेल ,सन्जिव मैनाली,कबिन्द्र श्रेष्ठ ,दिपक दास लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सकारात्मक मन हरु प्रती अभियान ले धन्यवाद दिएको छ ।
साथै यो अभियानलाई निरन्तरता दिदै चाडै सस्थागत रुपमा दर्ता गरी अन्य क्षेत्रमा समेत जाने तयारी भएको अभियानता बिष्णु आचार्यले बताए ।

 

Views: