d

राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई उपचारका लागि काठमाडौ लगियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा, २५ मङ्सिर । राप्रपाका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद् राजेन्द्र लिङ्देनलाई उपचारका लागि अहिले भर्खरै झापाबाट काठमाडौं लगिएको छ ।
उनलाई काठमाडौं लैजान नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौंको मेडिसिटी हस्पिटल लगिने पार्टीका जिल्ला सचिव केशव ओझाले बताए । उनकी पत्नी सीता थापा, स्वकीय सचिव र छोरा पनि छन् ।
बेलुकी ७ बजेर ३० मिनेट जाँदा नेपाली सेनाको एयर एम्बुलेन्स सांसद् लिङ्देनलाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
उनी केही दिनदेखि अस्वस्थ थिए । श्वासप्रश्वासमा समस्या भएपछि जाँच गर्दा उनलाई निमोनिया पुष्टि भएको थियो ।
उनलाई आजै उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना गरिएको थियो ।
आजै उनको पीसीआर परीक्षण गरिएको र कोभिड १९ नेगेटिभ रिपोर्ट आएको छ । झापामा राप्रपाले मंसिर २० गते आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व उनैले गरेका थिए । त्यसबेला उनी विरामी अवस्थामै हातमा ग्लोब र मुखमा मास्क लगाएर र्यालीमा सहभागी भएका थिए । लोकतन्त्र पोस्टमा खबर छ ।

 

Views: