d

राजेन्द्र लिङ्ग्देनको स्वास्थ्य अवस्था बारे पुर्व राजाको चासो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले मेडिसिटी अस्पतालमा उपचाररत राप्रपा सांसद राजेन्द्र लिङ्देनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पूर्वराजा शाहले शुक्रबार साँझ आफ्ना निजी सचिव सागर तिमल्सिनामार्फत लिङ्देनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
‘पूर्व राजाका निजी सचिव सागर तिमिल्सिनाले शुक्रबार साँझ भाउजु (सांसद लिङ्देनकी श्रीमति)लाई फाेन गर्नुभएकाे थियाे । राजाले भेट्न आउनु खाेज्दै हुनुहुन्छ आउन मिल्छ मिल्दैन भनेर साेध्नुभयाे, र मिल्ने भएलगत्तै खबर गर्नु भन्नुभएकाे छ ,’ लिङ्देनका स्वकीय सचिव छत्र खडायतले खबरमञ्चसँग भने ।
पूर्वराजा शाहले लिङदेनकाे शीघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेका छन् ।
निमाेनियाका कारण फाेक्साेमा संक्रमण देखिएपछि बिहीवार साँझ लिङ्देनलाई नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडैं ल्याइएकाे थियाे ।
अहिले लिङ्देनकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे चिकित्सककाे भनाई उदृत गर्दै स्वकीय सचिव खडायतले जानकारी दिए । खबर मन्च बाट 
Views: