d

पारस खड्कालाई कोरोना पोजेटिभ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना  सङ्क्रमित भएका छन्। आफूमा कोरोना संक्रमण भएको जानकारी खड्काले फेसबुकमार्फत दिएका छन्। 
पूर्व कप्तान खड्काले शुक्रबर बिहान पीसीआर परीक्षणका लागि स्वाब दिएका हुन्। 
पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा छन्। कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ। हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा छन्। 
खड्काले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
Views: