d

उखु किसानहरु आन्दोलनका लागि काठमाडौ ओर्लिए

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौ / देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् । आइतबारदेखि थाल्ने आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान काठमाडौं आउँदै छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको योजना छ ।
‘उखु बेचेको पैसा माग्दामाग्दा हामी हैरान भयौँ, अब २८ गते बिहानदेखि हाम्रो वारपारको आन्दोलन सुरु हुन्छ,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘अब हामीले पाउनुपर्ने सबै पैसा बोकेर मात्रै घर फर्किन्छौंँ, आन्दोलनमै मर्नुपरेछ भने पनि त्यसका लागि तयार भएर आउँदै छौँ ।’ शनिबार दिउँसोदेखि नै किसानहरू काठमाडौं पुग्ने क्रम सुरु हुने उनले बताए । नयाँ पत्रीकामा खबर छ ।
Views: