d

हरेक मानिसको मन जित्ने ‘स्यान्ड आर्टिस्ट’ सुदर्शन पटनायकको यो कला

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिष्ठित भारतीय ‘स्यान्ड आर्टिस्ट’ सुदर्शन पटनायकले ट्रम्प र बाइडेनको रोचक चित्र कोरेर सामाजिक सञ्जालमा शेयर गरेका छन्  । भारतकै पुरी समुद्र किनारमा बालुवा द्वारा निर्माण गरिएको अमेरिकी  मतपरीणामको अन्योलता दर्शाउने उक्त तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ ।

सुदर्शनले उक्त तस्बिर इन्स्टाग्राम, ट्वीटर र फेसबुकमा समेत शेयर गरेका छन् । अमेरिकामा मतगणनाको बीच विभिन्न स्थानमा प्रदर्शन र तनाब भइरहँदा भारतीय कलाकार सुदर्शनले त्यसलाई सुन्दर तरिकाले चित्रमा उतारेर अमेरिकीहरुलाइ महत्वपुर्ण सन्देस दिन सफल भएको भन्दै सुदर्शनका फ्यानहरुले प्रसंसा गरेका छन्।  

चित्रमा अमेरिकी झण्डासहित ट्रम्प र बाइडेनलाई उनले आमने सामने बनाएका छन् । एक तस्बिरमा दुबैजनाको बीच उनले ठूलो प्रश्नबाचक चिन्ह बनाएका छन् भने अर्को एक तस्बिरमा दुबैको बीचमा पर्ने गरी शुभकामना लेखेका छन् ।
 

Views: