d

भारतको विहार राज्यमा विधानसभा निर्वाचन: नेपाल भारत सिमा सुरक्षामा कडाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ : भारतको विहार राज्यमा विधानसभा निर्वाचन: नेपाल भारत सिमा सुरक्षामा कडाइ 
विराटनगर : भारतको विहार राज्यमा आज शनिवार विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचन हुदैछ।  निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

मोरङसँग सीमा जोडिएको विहारको अररीया जिल्लामा पनि निर्वाचन हुँदैछ । सीमा क्षेत्रको सुरक्षा व्यवस्था शुक्रबार बिहानैबाट कडा पारिएको जनाइएको छ।  

निर्वाचनका बेला कुनै पनि घुसपैठ र अपराधिक घटना हुन नदिन ७२ घण्टासम्म दुई देशीय सीमा नाका पहिल्यैदेखि सिल गरिँदै आएको छ । 

नेपाल र भारतका सुरक्षा अधिकारीबीच यसअघि भएको बैठकमा निर्वाचनका बेला सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्दै सहयोग पु¥याउन भारतीय सुरक्षा अधिकारीले नेपाली पक्षलाई आग्रह गरेका थिए । निर्वाचनमा कुनै पनि अपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतीय पक्षले चुनावका बेला सधैं नेपाली सुरक्षाकर्मीको साथ लिने गरेको छ ।

त्यही आधारमा सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाली सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै ठाउँमा रेकी गर्दै नेपाल र सशस्त्र प्रहरीले सीमामा आफ्नो उपस्थिति बढाएका छन् । सीमा क्षेत्रमा गस्ती बढाइएको छ । 

भारततर्फ पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर कडाई भइरहेको छ । 

निर्वाचनकै कारण विराटनगर भन्सार बाट शुक्रबार दिउँसो देखिनै  भारतदेखि मालबहाक सवारी साधन आएका छैनन् । नेपालबाट पनि खाली वा लोड भएका मालबहाक सवारी साधन नपठाउन भारतीय पक्षले अनुरोध गरेको छ । 
 

Views: