d

माथी उठ्दै छ पर्यटन छेत्र, फेवा किनारमा सडक महोत्सव हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा : गत वर्ष सन् २०२० लाई फेवा किनारमा स्वागत गर्दै गर्दा डिसेम्बर महिनामा चीनको उवानमा कोरोना संक्रमण देखा परिसकेको थियो। चीनमा पहिलो पटक देखापरेर विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले विश्वको पर्यटन उद्योग थला परेको छ। 


नेपालको पर्यटन उद्योग पनि उस्तै गरि थला परेको छ। पर्यटन उद्योगलाई उठाउन रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले फेवाताल किनारमा तीन दिने सडक महोत्सवको तयारी गरेको छ। 

२२ औं संस्करणको पोखरा सडक महोत्सव स्वास्थ्य शतकर्ता अपनाएर फेवातालको किनार हुने महोत्सवका संयोजक वसन्त गौतमले जानकारी दिए। सडकमा विभिन्न स्वादका खानाको परिकार संस्कृतिक कार्यक्रमका बिच पस्कीएर अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गर्ने गरी महोत्सवको तयारी गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए। 

सडक महोत्सवमा बिगत वर्षको जस्तो बसुन्धरा पार्कमा विभिन्न लाइभ संस्कृतिक कार्यक्रम भने नहुने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए। 
स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकोले धेरै पर्यटक आउने आशामा भन्दा पनि पोखरा खुला छ घुम्न आउनुहोस् भन्ने सन्देश दिन पोखराको फेवाताल किनारको तीन किलोमिटर क्षेत्रको सडकमा महोत्सवको आयोजना गर्न लागिएको उनले बताए।  
सडक महोत्सवमा ताल किनारको तीन ठाउँमा स्वागत गेट हुनेछ। तीनै ठाउँमा विभिन्न जातजातीको थोरै संख्यामा कलाकारको उपस्थितीमा संस्कृतिक कार्यक्रम हुनेछ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको हौसला र साथमा पुस १५ गते देखि १७ गते सम्म सडक महोत्सव हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए। एक हप्ता भित्र अहिलेसम्म बन्द रहेका पोखराका पर्यटकीयस्थल खुला गर्ने गरी छलफल भएको पनि उनले जानकारी दिए। 

पोखराको लेकसाइडमा हुने सडक महोत्सव देशै भरको सबैभन्दा धेरै पर्यटक सहभागी रहने महोत्सव हो। यहाँ सामान्य अवस्थामा बिगतमा ३ देखि ४ लाख पर्यटक आउने अनुमान गरिएको छ। कोरोना कहरको कारण पहिलेको जस्तो पर्यटक आउने भन्दा पनि पोखरा खुला छ भन्ने सन्देश दिन मात्र सडक महोत्सवलाई निरन्तरता दिएको आयोजक रेवानका अध्यक्ष बरालले दोहोर्‍याए। सडक महोत्सवमा स्वास्थ्य सतर्कता अपनाएर ठाउँ ठाउँमा सेनिटाइजर, मास्क, साबुन पानी राखिने महोत्सवका सहसंयोजक तथा स्वास्थ्य संयोजक भिष्मराज पौडेलले जानकारी दिए।  नयाँ वर्ष २०२१ भित्र नै कोरोना संक्रमण नियन्त्रणमा आएर पर्यटकको चहलपहल बढ्ने व्यवसायीको विश्वास छ। 
अन्नपूर्ण पोस्टमा खबर छ

Views: