d

भारतको राजधानी नयाँ दिल्ली वरपर भुकम्पको धक्का महसुस

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नयाँदिल्ली: भारतको राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ ।
बिहीबारको मध्यरातमा भूकम्प जाँदा सुरक्षित स्थानको खोजीमा सहरबासीहरु घर बाहिर निस्किएका थिए । भूकम्पको म्याग्निच्युड कति र यसको केन्द्र कहाँ भन्नेबारे विस्तृत खबर आइसकेको छैन ।
साथै यसबाट क्षतिको विवरण पनि यकिन भइसकेको छैन । भारतीय न्युज च्यानल एनडिटिभीका अनुसार भूकम्पको मापन गरिँदैछ । दिल्ली आसपासका क्षेत्रमा यसअघि २०२० को सुरुतिर पनि भूकम्पको धक्का महसुश भएको थियो । तर त्यसबाट मानवीय क्षति भएको थिएन । अन्नपूर्ण पोस्ट बाट
Views: