d

सल्लाहकारले छोडे बादलको साथ

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि उनका सहयोगी  सूर्य सुवेदी ‘पथिक’ले  भने बादलको साथ छोडेका छन्।

बिहीबार बालुवाटारमा बसेको ओली समूहको बैठकमा नेता बादल सहभागी भएपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले आफूले बादलसँगको साथ छाडेको जनाएका हुन्।
केन्द्रीय सदस्यसमेत रहेका पथिकले फेसबुकमा स्टाटस लेख्दै बादलको साथ छोडेको जानकारी दिएका छन् । उनले बादलको सचिवालय र राजनीतिक सल्लाहकारको दुवै भूमिकाबाट बाहिरिएको उल्लेख गरेका छन् । 

Views: