d

मन्त्रिपरिषद् छिट्टै पुर्नगठन हुनेछ - प्रवक्ता ज्ञवाली

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन्। 

 नेकपाको बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए।     
यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिनुभएको थियो। प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारे। 
उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताए। बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ। उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे। 
अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको बताए।
यस्तै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले पार्टी नफुटोस् भन्ने पक्षमा आफू रहेको बताए। केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी फुटका लागि आधार तयार भइनसकेको भन्दै अहिले भइरहेका  कतिपय  काम दुर्भाग्यपूर्ण भएको बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

 

Views: