d

राज्यमन्त्री गजमेर द्वारा छड्के अनुसन्धान साप्ताहिक पत्रीकाको उद्घाटन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट प्रकाशन सुरु गरेको  “छड्के अनुसन्धान” साप्ताहिकको कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ। प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले रिबन काटेर उक्त कार्यालयको उद्घाटन गरेकी हुन्।
उनले कार्यालय उद्घाटन गर्दै नाम अनुसारको काम गरेर अगाडि बढ्न शुभकामना दिइन्। यस्तै छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक एवम् सञ्चालक बालकृष्ण थापाले निकट भविष्यमा यसलाई मिडिया हबको रूपमा विकाश गरेर लैजाने उद्देश्य रहेको बताए।  छड्के अनुसन्धान साप्ताहिक प्रत्येक हप्ताको सोमबार प्रकाशन हुँदै आएको छ ।
बालकृष्ण थापा सञ्चालक एवम् प्रकाशक रहेको उक्त साप्ताहिक पत्रिकाका सम्पादकमा खगेन्द्र घिमिरे रहेका छन् भने कार्यकारी व्यवस्थापकका रूपमा शेखर काजी थापा रहेका छन्। साप्ताहिक हरेक सोमबार प्रकाशन भइरहेको छ ।
यश साप्ताहिक पत्रिका ले हरेक हप्ता नयाँ तथा खोज मुलुक समाचार पाठक माझ पुराउने सम्पादक घिमिरेले बताए । कार्यक्रम मा मानव सेवा आश्रम का केन्द्रीय अध्यक्ष रामजी अधिकारी ,तात्तातो खबरका सञ्चारकर्मी भाग्य न्यौपाने,सामाजिक अभियन्ता अर्जुन भुसाल ,मेची नगर उपप्रमुख मिना पोख्रेल उप्रेती  लगायतको उपस्थिति रहेको थियो ।
Views: