d

प्रदेश २:  कर्मचारी भर्ना गर्ने प्रदेश सरकारको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमान्डौ: प्रदेश सभाले गत महिना प्रदेश निजामती कर्मचारी ऐन सर्वसम्मतले पारित गरे सगैं कर्मचारी भर्नाको आन्तरिक तयारी सुरु गरेको छ । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमार्फत तीन तहमा कर्मचारी भर्ना गर्ने बताएको हो।  

ऐनमा प्रदेश सरकारले चौथौ, पाँचौँ र सातौँ तहमा कर्मचारी भर्ना गर्न सकिने व्यवस्था रहेको छ । त्यहीअनुसार, चौथो, पाँचौँ र सातौँ तह अर्थात् खरिदार, सुब्बा र शाखा अधिकृतका रूपमा कर्मचारी भर्ना लिने आन्तरिक तयारी थालिएको प्रदेश सरकारले जनाएको छ । 

संघीय सरकारको नेपाल निजामती कर्मचारी ऐनमा श्रेणीअनुसार कर्मचारी भर्ना गरिँदै आएको छ भने प्रदेश सरकारले बनाएको प्रदेश निजामती कर्मचारी ऐनमा भने तहगत व्यवस्था गरिएको छ । त्यही आधारमा तीन तहमा भर्ना लिने भएको हो । त्यो भन्दा तलका कर्मचारी अर्थात् कार्यालय सहयोगी, चालक, सुरक्षा गार्डलगायतका कर्मचारीलाई करारमै राख्ने व्यवस्था प्रदेश निजामती ऐनमा गरिएको छ । उनीहरूलाई करारमै भर्ना लिने प्रदेश सरकारको तयारी छ । अहिले पनि करारमै भर्ना गरिएको छ ।

प्रदेश ऐनले प्रत्येक पाँच वर्षमा कर्मचारीलाई आन्तरिक बढुवा गरिने व्यवस्था गरेको छ । बढुवाबाटै तह प्रमुख सचिवसम्म हुन सक्ने प्रवधान राखिएको छ । अहिले संघीय सरकारको सह–सचिवलाई प्रदेश सरकारको सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश निजामती ऐन कार्यान्वयनमा आएपछि संघीय सरकारको सहसचिव प्रदेश सरकारको पनि सहसचिव नै रहनेछ । त्यस्तै, ऐनमा संघीय सरकारका कर्मचारी काजमा आउन सक्ने र प्रदेश सरकारले भर्ना गरेका कर्मचारी पनि संघीय सरकारमातहत काजमा जान सक्ने व्यवस्था गरिएको छ । 

कर्मचारी भर्नाको उमेरहद पुरुषका लागि बढीमा ३५ र महिलाका लागि ४० वर्ष तोकिएको छ । संघमा कर्मचारीको अवकाशको उमेरहद ५८ तोकिएकोमा प्रदेशमा ६१ वर्ष तोकिएको छ ।  यस सम्बन्धि खबर आजको नया पत्रिका मा छापिएको छ।  

Views: