d

प्रचण्ड-नेपाल पक्षले  काठमाडौंमा १ लाख मानिस उतार्ने घोषणा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षले आगामी माघ २३ गते काठमाडौंमा १ लाख मानिस उतार्ने भएको छ ।
सो पक्षका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् ।
त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यबाट तयारी गर्न निर्देशन दिए । नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमणसमेत भएको बताएका छन् । नेपाल टप बाट 
Views: