d

राप्रपाको क्षेत्रीय भेला सम्पन्न, फागुन ८ गते मोटरसाइकल र्‍याली गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा:  राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नम्बर ५  नं.  क्षेत्रीय भेला सम्पन्न भएको छ ।  गौरादह नगरपालिका वडा नं १ स्थित जानकेश्वर शिवालय मन्दिरको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ५ भरिका अगुवा कार्यकर्ताहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।  भेलाले क्षेत्र नम्बर ५ भित्र रहेका स्थानियको तहहरुमा गठन हुने विभिन्न कार्य समितिहरूको नयाँ विधान अनुसार हुने गठन प्रक्रिया र पार्टीका आगामी कार्यक्रमहरुको बारेमा चर्चा गरिएको थियो ।  उक्त अवसरमा पार्टीद्वारा केन्द्रिय स्तरमा आयोजना गर्न लागिएको विभिन्न कार्यक्रमहरुको बारेमा खाका प्रस्तुत गरिएको थियो ।  भेलाले आगामी माघ १० गते ५ नं. निर्वाचन  क्षेत्र भित्र पर्ने सबै  स्थानीय तहमा एकैसाथ पार्टी कार्यालय स्थापना गरी झन्डा तथा पार्टीको चुनाव चिन्ह अनावरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । भेलाले आगामी फागुन ८ गते कन्काई माई पश्चिम बृहत मोटरसाइकल र्‍यालीको आयोजना गर्ने समेत निर्णय गरिएको जनाइएको छ भने आगामी फागुन २० गते भित्रमा सबै स्थानीय तहमा वडा, गाउँ  तथा नगरसमिती समेत गठन गरिसक्नुपर्ने कार्यक्रम तालिका प्रस्तुत गरिएको थियो ।   उक्त अवसरमा पार्टीका  केन्द्र देखि जिल्ला तहका नेताहरूको समेत उपस्थिति रहेको थियो । क्षेत्रीय अध्यक्ष बिजय बरालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा झापा जिल्ला अध्यक्ष अम्बर बिष्ट, केन्द्रिय नेताहरु बासुदेव भट्टराई, जय बहादुर श्रेष्ठ, गौरिगन्ज गाउँ पालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले धारणा प्रस्तुत गरेका थिए ।   कार्यक्रममा पार्टीको अन्तरिम विधान २०७७ ले व्यवस्था भएका निर्देशनहरुको बारेमा चर्चा गरिएको थियो भने महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा क्रियाशील सदस्यता थप गर्ने तथा पुराना सदस्यहरूको क्रियाशील सदस्यता तत्काल नविकरण गर्नको लागि पहल गरिनुपर्ने जानकारी गराइएको थियो ।
Views: