d

झापाको गौरादह ६ बाट ५५ घरपरिवार एकैसाथ राप्रपा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: झापाको दक्षिण पश्चिममा रहेको गौरादह नगरपालिका स्थित वार्ड नं. ६ दामुना बाट ५५ घरपरिवार राप्रपामा प्रवेश गरेका छन् । ५५ घर परिवार मध्ये अधिकांश दामुना बजार आसपासका बासिन्दाहरु जनता समाजबादी, नेपाली कांग्रेस र नेकपा पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुमा नेपाली कांग्रेस क्षेत्रीय सदस्य धन बहादुर नेपाली, समाजबादी पार्टीका नेता बिन्देश्वर शाह लगायत रहेका छन् । नव प्रवेशीहरुलाई राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य लक्ष्मी प्रसाद संग्रौलाले अविर टीका लगाएर स्वागत गरेका थिए । उक्त अवसरमा आफ्ना संक्षिप्त विचार राख्दै नेता संग्रौलाले मुलुकमा गणतन्त्रको चाडैं अन्त्य हुने र  हिन्दु धर्म सहितको राजसंस्था स्थापना हुने ठोकुवा गरे ।  कांग्रेस र नेकपाको गतिविधि देखेर चौतर्फी निरासा छाएको बताए । नेता संग्रौलाले मुलुकभर राप्रपा प्रवेशको जनलहर शुरु भएको बताए । चौतर्फी भ्रष्टाचार मौलाएको भन्दै उनले लुटतन्त्रको विरुद्ध गाउँ गाउँ बाट आवाज उठाउनुपर्ने जिकिर गरे । पार्टी प्रवेश समारोहमा राप्रपा भक्तपुरका सहसचिव तथा किसान संगठनका महासचिव जीवन अधिकारी, राप्रपा बाणिज्य बिभाग केन्द्रिय सदस्य जय गुरुङ समेतको उपस्थिति रहेको थियो । 
Views: