d

फागुन ८ गते दमक-गौरादह-गौरिगन्जमा बृहत मोटरसाइकल र्‍याली गरिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं. ५ ले क्षेत्रीय स्तरको मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ । राप्रपा क्षेत्रीय समितिको आयोजनामा आगामी फागुन ८ गते बृहत् मोटरसाइकल र्‍याली  आयोजना गर्न लागिएको हो ।  हिन्दुधर्म तथा संवैधानिक राजसंस्थाको माग सहित वर्तमान सरकारको गलत कदमको विरुद्ध  मुलुकभर भइरहेका सभा, बिरोध प्रदर्शन तथा र्‍यालीमा एक्यवद्धता जाहेर गर्दै मोटरसाइकल र्‍याली आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले बताए ।  र्‍याली दमक बाट शुरु भइ गौरिगन्जमा पुगेर कोणसभामा परिणत हुने र पुनः दमक सम्म पुगी विसर्जन गरिने जनाइएको छ ।  गत साता गौरादहमा आयोजित क्षेत्रीय भेला मार्फत र्‍यालीको  मिति तय गरिएको तथा आज शुक्रबार दमकमा केन्द्रिय सदस्यहरु, केन्द्रिय कार्यसम्पादन समिति सदस्यहरु, पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र नगर तथा गाउँ समितिका पदाधिकारी, युवक संगठनका विभिन्न तहका पदाधिकारी सहितको उपस्थितिमा र्‍यालीलाई सफलता पुर्वक सम्पन्न गर्ने सम्बन्धमा विषेश छलफल आयोजना गरिएको क्षेत्रीय सचिब हेम सुवेदीले बताए । 
Views: