d

पुरानो ग्वालडुब्बा बाट २ सय जना राप्रपा प्रवेश, महामन्त्री लिङ्ग्देन द्वारा स्वागत सम्मान

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा/ गौरादह: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्ग्देन शुक्रबार बिहान सबेरै झापाको दक्षिण पश्चिम भेगमा पर्ने गौरादह नगरपालिका स्थित वडा नं. ७ मा रहेको पुरानो ग्वालडुब्बामा अचानक आइपुग्नु भयो । महामन्त्री लिङ्ग्देन मात्र होइन , केन्द्रिय कार्यसम्पादन समितिका सदस्य लक्ष्मी प्रसाद संग्रौला, मिडिया नेपालका केन्द्रिय अध्यक्ष तथा राप्रपा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य गोपाल पौडेल, झापा जिल्ला अध्यक्ष अम्बर बिष्ट, झापा जिल्ला राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष राजकुमार राई लगायत नगर पदाधिकारीहरुको निकै बलियो जमघट थियो पुरानो ग्वालडुब्बामा ।  अचानक राप्रपाको केन्द्रिय नेतृत्व सहितको टोली पुरानो ग्वालडुब्बा किन आइपुग्यो भन्ने बिषयमा स्थानीयहरु मध्ये कतिपय जानकार थिए भने कतिपयलाई आज राप्रपाको के कार्यक्रम रहेछ भन्ने थाहै थिएन । बास्तबमा राप्रपा शिर्ष नेतृत्व सहितको टोलि बिहान सबेरै पुरानो ग्वालडुब्बामा जमघट हुनुपर्ने कारण  थियो करिब २ सय  नव प्रवेशीलाई सम्मान गर्ने ।
सम्मान कार्यक्रम संचालन हुनु पुर्व पुरानो ग्वालडुब्बाको भक्काको मीठो स्वाद लिदै महामन्त्री लिङ्ग्देनले भन्नुभयो, 'भक्का धेरै खाइयो तर पुरानो ग्वालडुब्बामा पाइने स्वादिलो भक्का धेरै समय पछि आज फेरि खाने मौका जुरेछ ।'
गौरादहमा राप्रपा प्रवेशको जनलहर नै चलेको छ । ग्वालडुब्बा क्षेत्र बाट मात्र पटक पटक गरेर करिब ९ सयको हाराहारीमा स्थानीयहरुले राप्रपा पार्टी रुचाएका छन् । ६ महिना पहिले वडा नं ७ कै त्रिवेणी टोलको सिंगो गाउँ नै राप्रपा प्रवेश गरेको थियो । त्यसको लगत्तै ग्वालडुब्बा बाटै ४५ र १५५ जना राप्रपामा प्रवेश गरेका थिए भनें आज आइतबार बिहानै महामन्त्री लिङ्देनले स्थानीय शिक्षक शिवनारायण माक्रा सहित करिब २ सय जना नयाँ प्रवेशीलाई सम्मान गर्नु भएको छ । केन्द्रिय नेता लक्ष्मी प्रसाद संग्रौला र गोपाल पौड्याल, तथा वाणिज्य बिभाग केन्द्रिय सदस्य जय गुरुङ, किसान संगठनका महासचिव जीवन अधिकारी  पछिल्लो समय धेरै जसो झापा मै ब्यस्त हुनुहुन्छ । महामन्त्री लिङ्ग्देन जस्तै वहाँहरुलाई पनि कार्यकर्ता भेटघाट तथा पार्टीमा नयाँ प्रवेशीलाई  स्वागत गर्न भ्याइ नभ्याइ छ । गत साता मात्र गौरादह ६ दामुना बजार बाट एकै साथ ५५ घर परिवार राप्रपा प्रवेश गरेका छन् । त्यसो त केन्द्रिय कार्यसम्पादन समिति सदस्य लक्ष्मी प्रसाद संग्रौलाको ग्रुह क्षेत्र नै ग्वालडुब्बा रहेको छ । संग्रौला कै पहलमा अहिलेसम्म ग्वालडुब्बा र यस आसपासका क्षेत्र बाट करिब ७ सयको हाराहारीमा राप्रपा प्रवेश गर्नेहरू रहेका छन् । 
गौरादह बाहेक झापाको बिर्तामोड आसपासको क्षेत्रमा अन्य दल परित्याग गर्दै राप्रपा प्रवेश गर्नेहरु उल्लेख्य रहेकोे पाइएको छ । पुर्वी र मध्य झापाका कचनकवल, हल्दिबारी, बारदशी, अर्जुनधारा, मेची नगर  लगायतका स्थानीय तहबाट राप्रपा प्रवेश गर्नेहरु अत्याधिक रहेको जिल्ला अध्यक्ष अम्बर बिष्ट बताउनुहुन्छ । मुलुकमा बढ्दो भ्रष्टाचार, दण्डहीनता तथा ठुला पार्टी भनिने कांग्रेस र कम्युनिस्टमा सैद्धान्तिक विचलन भएकै कारण र राप्रपाले राजा सहितको हिन्दु धर्मको एजेन्डा उठाएकै कारण पनि राप्रपामा जनलहर बढ्दै गएको उक्त दलका नेताहरूको धारणा रहेको पाइन्छ । पुरानो ग्वालडुब्बा बाट आज राप्रपा प्रवेश गर्नुभएका शिक्षक शिवनारायण माक्राको भनाइ यस्तो रहेको छ, 'संघीयताको आडमा समुदायका हरेक नागरिकको मौलिक हक अधिकार दिनानुदिन खोसिदै गइरहेको अवस्था साथै सूचना प्रविधिको युगमा पनि स्थानीय सर्वाहारा नगरिकलाइ सुचना तथा भैरहेका गतिविधि हरुको जानकारी हुन पाउने अधिकारबाट बन्चित गराइएको र गरिब अशक्त ब्यक्तिहरुको बेवास्ता बेरोजगार युवावर्गहरु लक्षित कार्यक्रमप्रती नतमस्तक अवस्थाले समुदायमा बढदै गैइरहेका बिकृती विसङतिहरुको हटाउन एकता बद्ध भइ साङगठनिक रुपमा नेतृत्व गरि अघि बढ्नुपर्ने महसुस गरि केवल राश्टृय प्रजातन्त्र पार्टीको साथ सहयोगबाट विकाश गर्न सकिने महसुस गरि सामुहिक रुपमा पार्टी प्रवेश गरेको जानकारी गर्दछु साथै ब्यक्तिको पहिचान आत्म सम्मान को उचित आधार पाउने आधार भएको महसुस गरेको छु।'

 

Views: