d

शिक्षक होम उप्रेतीको मोटरसाइकल दुर्घटनामा निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह ४ निवासी शिक्षक होम उप्रेतीको मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ । सोमबार साँझ ०४:४५ बजे आफू कार्यरत बिधालय नमूना  अंग्रेजी बोर्डिङ स्कुल ग्वालडुब्बाबाट घर फर्कने क्रममा मझुवा चोक नजिक राधाकृष्ण बोर्डिङ छेउ पाटागाडामा बाटो काट्ने क्रममा बिपरित दिशाबाट  द्रुत गतिमा आएको ग्ल्यामर मोटरसाइकलले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको जनाइएको छ ।    दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई  उपचारका लागि तत्काल बि एन्ड सी हस्पिटल बिर्तामोड लगिएकोमा उपचार कै क्रममा  साँझ ७:४५ बजे निधन भएको हो ।   ३४ वर्षीय शिक्षक उप्रेती जनता मा.बि. गौरादह र  नमूना अंग्रेजी मा. वी. ग्वालडुब्बामा शिक्षण पेशा गर्दै आएका थिए । 
दुर्घटनाको दृश्य हेर्दा दुई वटै मोटरसाइकल क्षतविक्षत रहेको र उप्रेतीलाई ठक्कर दिने मोटरसाइकलमा दुईजना सवार रहेकोमा  उक्त मोटरसाइकल चालकको समेत बि एन्ड सी मै उपचार भइरहेको नमुना मा. वी. का शिक्षक उमेस खरेलले पर्दाफासलाई जानकारी दिनु भएको छ ।
पोस्टमार्टम पछि मात्र सब रिलिज हुने भएकोले मृतक उप्रेतीको सब हाल बि एन्ड सी हस्पिटल मै रहेको जनाइएको छ । 
 गणित विषयमा निकै राम्रो दक्षता हासिल गरेका उप्रेतीलाई गौरादहको शैक्षिक क्षेत्रले गणित शिक्षक कै उपनामले समेत चिन्ने गरेको थियो । अत्यन्तै निष्ठावान शिक्षकको रूपमा परिचित स्व. उप्रेतीलाई नजिकबाट चिन्नेहरुले गणितको बादसाह नै सम्झने गरेको पाइन्छ ।
अत्यन्तै मिलनसार, मृदुभाषी र अब्बल गणितीय क्षमता भएका शिक्षक उप्रेतीको निधनको खबरले पर्दाफास टिम अत्यन्तै मर्माहत भएको छ । दुखको यस घडीमा परिवारजनमा धैर्यधारण गर्ने क्षमता रहोस् भन्दै मृतक प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं - पर्दाफास परिवार 
Views: