d

राप्रपा कमल गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक खरेल

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको कमल गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।  दिपक खरेलको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गर्दै पार्टी एकीकरण पछिको पहिलो गाउँ अधिवेशन सम्पन्न भएको हो । पार्टीको नयाँ बिधान अनुसार अधिवेशन मार्फत छनौट भएका सदस्यहरु मध्येबाट अन्य पदाधिकारी तथा सदस्यहरु छनौट हुने जनाइएको छ । नवगठित समितिका सदस्यहरुमा तारा देवी बस्नेत, विष्णु प्रसाद पौडेल, खड्ग बहादुर श्रेष्ठ, युवराज खड्का, डिल्लीराम उप्रेती, सन्त कुमार कार्की, कुमार भण्डारी, नर बहादुर पोख्रेल, अर्जुन कार्की, हिमा तिम्सिना खड्का, विक्रम अधिकारी, पदम श्रेष्ठ, तालामाइ सोरेन, सेलिना राई , विसु लिम्बु, मिना वि.क., गिता पाठक, तिर्थराज गौतम, श्याम अधिकारी, गोविन्द चम्लागाइ, उर्मिला खड्का र लय प्रसाद उप्रेती रहेका छन् । 
कार्यक्रममा प्रमुख अतिथि पार्टी महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र सहितको राजसंस्था र संघीयताको खारेजीको लागि बाटो आफै खुल्दै गएको बताएका छन् । राजालाई गाली गर्दै हिड्ने कांग्रेस र कम्युनिस्टहरु बाट देशको भलाई कुनै पनि हालतमा हुन नसक्ने बताउदै नेता लिङ्ग्देनले गणतन्त्रको नाममा छाडातन्त्र मौलाएको बताए। गत आमनिर्वाचन बाट  प्रमुख प्रतिपक्षीको जिम्मेवारी पाएको  कांग्रेसले बलियो भुमिका निर्वाह गर्न नसकेको बताउदै उनले  सिद्धान्त नै नबोकेको कांग्रेस पार्टीको औचित्य सकिएको ठोकुवा गरे । बलियो कम्युनिस्ट पार्टी बनाएर जनतालाई सुख दिन्छौं भन्दै हिड्ने कम्युनिस्टहरुले देशलाई बर्बाद पार्न लागेकोले आफुहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।  अभिभावक नरहेको पार्टीले चलाएको सरकार असफल हुनु सामान्य भएको भन्दै नेता लिङ्ग्देनले गणतान्त्रिक व्यवस्था असफल भइसकेको टिप्पणी गरे । उनले तत्काल संघीयताको खारेजी गर्न आफैले अभियान थालिसकेको बताए । 
 केन्द्रिय सदस्य तथा प्रदेश कार्यसमिति सचिब वासुदेव भट्टराई तथा झापा जिल्ला अध्यक्ष अम्बर विष्टले कार्यकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए । 
 कार्यक्रममा जिल्ला सदस्य सेलिना राई, बिक्रम अधिकारी, दमक नगर अध्यक्ष भिम पौडेल, क्षेत्रीय अध्यक्ष विजय बराल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा झापा जिल्ला सचिव केशव ओझा, युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल लगायतको उपस्थिति रहेको थियो । 
उक्त अवसरमा कमल गाउँपालिका अध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिवेदन वाचन गरी पार्टीको हालसम्मका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । 
 गाउँ परिचालन समितिका संयोजक दिपक खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नर बहादुर पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने,  कार्यक्रमको सञ्चालन गाउँ समिति उपाध्यक्ष युवराज खड्काले गरेका थिए । 
Views: