d

गौरादह जेसिस वर्ष २०२१: निजि बिद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: गौरादह जेसिसको आयोजनामा गौरादह क्षेत्रमा रहेका ४ वटा निजि बिद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारी हुँदा प्रयोग गरिने सेनिटरी प्याड वितरण गरिएको छ । गौरादहमा रहेका निजि बिद्यालयहरु गोल्डेन सनराइज मा. वी. , माउन्ट एभरेस्ट मा. वी., बिद्धोदय मा. वी. र ज्ञानज्योति मा. वी. का कक्षा ८,९ र १० का छात्राहरूलाई सेनिटरी प्याड वितरण गरिएको हो । प्रत्येक बिद्यालयमा अलगअलग कार्यक्रम गरि सेनिटरी प्याड वितरण गरिएको जनाइएको छ । सेनिटरी प्याड वितरण संगै बिद्यार्थीहरूलाई सेनिटरी प्याड प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी र महिला स्वास्थ्य सम्बन्धमा आधारभुत प्रशिक्षण समेत प्रदान गरिएको जेसिस वर्ष २०२१ अध्यक्ष एकराज घिमिरेले बताए ।  कन्चनजङ्गा हस्पिटल प्रा. ली. अर्जुनधारा ६ का बजार व्यवस्थापक तथा बुधबारे जेसिसका पुर्व अध्यक्ष सेवन्त पोख्रेलको सौजन्यमा प्याड बितरण गरिएको बताइएको छ ।
 गौरादह जेसिस वि. स. २०१२ मा स्थापना भएको सामाजिक संस्था हो । स्थापना संगै यस संस्थाले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ । 
 जेसिस वर्ष २०२१ का पदाधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै पहिलो चरणको कार्यक्रमको रूपमा सेनिटरी प्याड वितरण गरिएको अध्यक्ष घिमिरेले बताएका छन् ।
Views: