d

झापाको बुद्धशान्तिमा उर्लिदै राजाबादीहरु, माघ ३० गते विशाल र्‍यालीको आयोजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: मुलुकभर राजसंस्थाको समर्थन कार्यक्रमहरु बाक्लिदै गर्दा झापामा पनि राजसंस्थाका समर्थकको उल्लेख्य उपस्थिति देखिन थालेको छ । राजसंस्था र हिन्दुधर्म तथा संघीयता खारेजीको माग गर्दै प्रदर्शनीहरु भइरहदा झापाको अर्जुनधारामा समेत यहि माघ ३० गते बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । राजसंस्थाबादी संगठन वीर गोर्खाली (ATF) को आयोजनामा हुन गइरहेको र्‍यालीलाई भव्यरूपमा आयोजना गर्ने तैयारी गरेको आयोजकले जनाएको छ । पर्दाफास मिडिया प्रा. ली. संग कुरा गर्दै वीर गोर्खालीका मेची अञ्चल इन्चार्ज उमेस लामाले झापाको बुद्धशान्ति  गाउँपालिका र आसपासका स्थानीय तहमा  राजसंस्थाका समर्थक उल्लेख्य रूपमा रहेकोले पनि र्‍याली आयोजना गर्न हौसला मिलेको बताउछन् । गत मंसिर २० गते राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा सबै राष्ट्रबादी शक्तिहरु एकीकृत भएर भव्यरूपमा मोटरसाइकल साइकल र्‍याली सम्पन्न गरेको स्मरण गर्दै लामा भन्छन्,'झापामा राम्रो जागरण आइरहेको छ, गाउँ गाउँ बाट राजसंस्थाको समर्थनमा आवाजहरु उठिरहेको बेला मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम स्वतस्फूर्त रूपमा जुरेको छ ।' र्‍यालीलाई सफल पार्नको लागि बुद्धशान्तिमा बृहत आकारको र्‍याली परिचालन  समिति र अन्य विभिन्न उपसमितिहरु गठन गरिएको लामाको भनाइ छ । र्‍यालीलाई थप व्यवस्थित गर्नको लागि उल्लेख्य संख्यामा स्वयंसेवकहरु परिचालन हुने समेत लामाले जानकारी गराएका छन् । र्‍यालीमा एक्यवद्धता गर्नको लागि विभिन्न राजसंस्थाबादी संगठनहरु मध्ये शाही शक्ति नेपालको समेत महत्त्वपूर्ण भुमिका रहने जनाइएको छ । उक्त संगठनका  पुर्वान्चल निर्देशक लिप्सन बास्तोला बुद्धशान्तिमा आयोजना गरिने मोटरसाइकल र्‍याली भब्य हुनेकुरामा आफुहरु विश्वस्त रहेको बताउछन् । उनी भन्छन्, 'पछिल्लो समय गाउँ गाउँ बाट युवाहरू राजसंस्थाको समर्थनमा उठ्न थालेका छन्, स्थानीयको माग अनुसार नै बुद्ध शान्तिमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो ।', बास्तोलाले भने । 'माघ ३० गतेको र्‍यालीलाई सफल गरेपस्चात आगामी फागुन 8 गते झापा कै निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुने बृहत मोटरसाइकल र्‍यालीमा सहभागिता जनाएर राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने भन्दै सहकार्य, सद्भावना र सहअस्तित्वका आधारमा हामी अगाडिको यात्रामा छौँ ।', बास्तोलाले भने । 
Views: