d

झाक्रीलाई तत्काल रिहाई गर्न कमल थापाको माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी  अध्यक्ष कमल थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेतृ झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेको हुन्।
'रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्' उनले लेखेका छन्। 
महानगरीय अपराध महाशाखाले सोधपुछ गर्न भन्दै बोलाएपछि झाँक्री नगएपछि उनलाई पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको छ। 
गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।
त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

 

Views: